Share Icon

काठमाडौं । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले ‘मालदार’ मन्त्रालयमा १०औँ करोडको ‘डिल’ हुने गरेको बताएका छन् ।

शनिबार काठमाडौंको वसन्धुरास्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताउँदै यस्तो खुलासा गरेका हुन् ।

‘अन्य पार्टीहरूमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रीहरूका लागि कस्तो हुन्छ ? मालदार मन्त्रालयमा त १०औँ करोडको डिल हुन्छ भन्ने छ,’ उनले भने ।

उनले पैसाले राजनीतिलाई धेरै मलजल गरेको भन्दै यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए । उनले पैसाका कारण लोकतन्त्र पनि विकृत हुँदै गएको बताए ।

उनले परम्परागत र पुराना पार्टीहरूमा पैसामा टिकट किनबेच हुने गरेको आरोप समेत लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीमा भने आफूले ढुक्कसँग टिकट पाएको अर्थविद् वाग्लेको भनाई छ । यस्तै डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे ।

Facebook Comments Box

Share Icon