राष्ट्रपति पौडेल अस्पताल भर्ना, पेटमा समस्या

Share Icon

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

पेटमा समस्या देखिएपछि उनी शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेल चिकित्सकहरुको निगरानीमा रहेको अस्पतालले जनाएको छ ।

डिउटी अफिसरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा २०७९/१२/१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.