Share Icon

 २२ जेठ ,काठमाडाैं । निर्धारित समयमा मनसुन भित्रने सम्भावना कमस् मौसमविद् मुलुकको अधिकांश भूभागमा आज पनि तापक्रम घट्ने सम्भावना न्यून छ।

पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेपनि अन्य स्थानमा तत्काल पानी पर्ने नदेखिएकाले तापक्रम करिब यथावत् नै रहने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। ती स्थानहरूको तापक्रममा सामान्य फेरबदल भएपनि तराईका भूभागमा भने तापक्रम हिजोअस्ती सरह नै हुनेछ।

भोलि र पर्सी भने देशभरका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए।तराईका भूभागमा भने अझै केही दिन पानी पर्ने सम्भावना नरहेको उनले बताए।

भैरहवा, सिमरा, जनकपुर लगायतका क्षेत्रमा चार पाँच दिनदेखि तापक्रम ४० डिग्रीभन्दा बढी मापन गरिएको छ। मौसमविद् अधिकारीका अनुसार भैरहवामा मे ३१ देखि, सिमरामा मे ३० देखि लगातार ४० डिग्रीभन्दा बढी तापक्रम पुगेको छ।

मौसमविद् अधिकारीका अनुसार ती क्षेत्रका न्यूनतम तापक्रम नै २४ डिग्री भन्दा माथि रहन्छ। सबैभन्दा बढी धरानमा २६।५ डिग्री न्यूनतम तापक्रम मापन गरिएको छ। त्यस्तै जनकपुरमा २६।२ डिग्री र सिमरामा २३ डिग्री न्युनतम तापक्रम मापन भएको छ।

मे र जुन महिनामा उत्तरी गोलार्द्धमा सूर्यको किरण सिधा पर्ने भएकाले गर्मी हुनु स्वाभाविक हो। संगै पश्चिमी वायु र स्थानीय वायु सक्रिय भएर बेलाबेला हुने वर्षाले तापक्रम नियन्त्रण गर्थ्यो। तर, पानी पार्ने कुनैपनि प्रणाली सक्रिय नभएकाले गर्मी बढेको मौसमविद् अधिकारी बताउँछन्।

यसपालि मनसुन पनि ढिला सुरू हुने उनले बताए। यसपालि जहाँबाट मनसुन भित्रने हो, त्यहाँ नै मनसुन सुरू भएको छैन।मौसमविद् अधिकारीका अनुसार जुन १ सम्म भारतको केरलामा मनसुनी वायु आइसक्नुपर्ने हो तर यसपालि जुन ५ पुगिसक्दा पनि आइपुगेको छैन। त्यही वायु झापाबाट नेपाल प्रवेश गर्छ।

उक्त वायु केरलासम्म आइनपुगेकाले नेपालमा निर्धारित समय ९जुन १३० मै मनसुन भित्रने सम्भावना न्यून रहेको उनले बताए।

तराईका भूभागमा तापक्रम बढ्दा तातो हावा चलेर लु लाग्ने जोखिम बढेको छ। अत्यधिक गर्मी‍कै कारण तराईका भूभागहरूमा धमाधम विद्यालय बन्द गरिएका छन्।

Facebook Comments Box

Share Icon