Share Icon

१८असाेज, काठमाडौं । बाँकेको नेपालगञ्जमा लगाइएको कर्फ्यू बिहीबार बिहानदेखि आंशिक रूपमा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू हटाइएको जनाएको हाे । राति ८ बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्य जारी नै रहने जनाइएको छ ।

बिहीबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठकर प्रदर्शन गर्न नपाइने प्रशासन जनाएको छ । हुल-दङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको पनि प्रशासनले जनाएको छ ।

जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न तथा मानव अधिकारको सम्मान गर्न समेत प्रशासनले आग्रह गरेकाे छ ।

Facebook Comments Box

Share Icon