Share Icon

१८ असाेज,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान भूकम्पका कारण बझाङ र आसपासका जिल्लामा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।

बिहीबार बिहान सिंहदरबारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो । उहाँले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन उहाँले निर्देशन दिनुभयो । उहाँले सम्भावित विपदजन्य घटनाको लागि पूर्वतयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै कुनै पनि बेला काहीँं विपदजन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहाल शुक्रबार भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाउने पनि जनाइएकाे छ ।

Facebook Comments Box

Share Icon