Share Icon

१८ असाेज,काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यहि असाेज २० गते  शनिबार विश्वासको मत लिने हुुुनुभएको छ ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले शनिबार विश्वासको मत लिने समझदारी जुटेको हो । संविधानको धारा १सय ६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बन्नुभएको थियो ।

संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात यही २० गतेभित्र कार्कीले विश्वासको मत लिइ सक्नु पर्ने हुन्छ । तर विश्वासको मत पाउन भने मुस्किल हुने देखिएको छ । प्रदेशसभामा नेकपा एमालेका ४० जना सांसद रहेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ जना सांसदकाे आवश्यक पर्छ ।

Facebook Comments Box

Share Icon