Share Icon

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

आज पत्रकार सम्मेलन गरी नाउपाले नेपाल बन्दको घोषणा सार्वजनिक गरेको हो ।

रेशम चौधरीको मुद्दालाई राजनीतिक मुद्दा नबनाएर जन्मकैदको फैसला सदर भएको भन्दै नाउपाले आन्दोलनको चेतावनी दिएको हो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने र ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेका हुन् ।

पार्टीका संरक्षक रेशम चौधरीलाई जिल्ला अदालतले तोकेको जन्मकैद फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै सरकारबाट बाहिरिने तयारी गरेको छ

Facebook Comments Box

Share Icon