समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ

Share Icon

२६ चैत,दमौली । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिलेको कार्यभार आर्थिक समृद्धि रहेको र त्यसतर्फ सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।

“अर्थतन्त्र उकास्नका लागि सरकार कार्ययोजनासहित अगाडि बढ्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । अर्थतन्त्रमा केही समस्या देखापरेको उल्लेख गर्दै उहााले यसलाई लयमा ल्याइने बताउनुभयो ।

अर्थतन्त्रमा देखिएको समस्या सम्बोधनका लागि गम्भीररुपमा छलफल भइरहेको उहाँको भनाइ छ ।“गठबन्धन सरकार भएकाले सरकार विस्तारलगायतका कामले केही ढिलाइ भएको छ, अर्थमन्त्रीले जिम्मेवारी सम्हालिसक्नुभएको छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूको विशेष पहलकदमीमा यही चैत २९ गते यस विषयमा बृहत् छलफल गर्दैछौँ ।”

अर्थतन्त्रको वर्तमान अवस्था, समस्या र समाधानका लागि ठोसरुपमा के गर्नुपर्छ त्यसतर्फ सरकारले प्रयास गरिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । “हामी अर्थतन्त्रका समस्या पहिचान गरेर सम्बोधन गर्न ठोस कदम चाल्छौँ”, उहाँले भन्नुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.