संसद भवन अगाडिबाट बिनु यादव पक्राउ
३ फागुन, काठमाडौं । घरेलु हिंसाबाट पीडित बनेकी बिनु यादव संघीय संसद् भवन अगाडि पक्राउ परेकी छन् ।
निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
उनले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् ।
पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् । केही अघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेकी थिइन् ।
Facebook Comments Box
Related posts:
शिक्षा पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष गुरुङ
प्रचण्डले कांग्रेस नेताहरुलाई दिए राष्ट्रपतिको बचन
पाकिस्तानमा नवाज शरीफ र बिलावल भुट्टोको पार्टीबीच गठबन्धनको घोषणा
नयाँ कार्यकक्षमा प्रधानमन्त्री, खुल्दै स्टेट हल र बेलायती कक्ष
व्यवस्था परिवर्तनको आन्दोलनलाई ख्यालठट्टा नसोच्न सरकारलाई राप्रपाको चेतावनी