भूकम्प

धादिङको ज्वालमुखीमा भूकम्पका कारण २० घर भत्किंए, ७५ घरमा आंशिक क्षति

धादिङको ज्वालमुखीमा भूकम्पका कारण २० घर भत्किंए, ७५ घरमा आंशिक क्षति

५ कार्तिक,काठमाडौं। धादिङको ज्वालमुखी गाउँपालिका-५ काे कुमालटारीमा आइतबार बिहान गएको भूकम्पका कारण २० वटा घर भत्किएका छन् । साथै  ७५ वटा घरमा भने आंशिक रूपमा क्षति भएकाे हाे। भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको ज्वालमुखी गाउँपालिकाले जनाएकाे हाे । ४ रेक्टर स्केल भन्दा माथिका भूकम्पका परकम्पहरू पटक-पटक गएका कारण मानिसहरू घरबाहीर बसेको स्थानीय राजेश अधिकारीले बताउनुभयाे। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवालले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताउनुभयाे। धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भएर आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो ।…
Read More
धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गयाे

धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गयाे

५ कार्तिक,काठमाडौं। धादिङको खरी आसपास केन्द्रबिन्दु भएर आइतबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे हाे ।  भूकम्पबाट क्षति भए नभएको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट र कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । आइतबार बिहान ठूलो धक्कासहित भूकम्प गएपछि राजधानीका सर्वसाधारण घरबाहिर समेत  निस्केका थिए ।
Read More
बझाङमा फेरी भूकम्पकाे धक्का

बझाङमा फेरी भूकम्पकाे धक्का

२ कार्तिक, काठमाडौं । बझाङमा बुधबार राति फेरी भूकम्प गएको छ । बुधबार राति १० बजेर ३ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हाे। भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी र दार्चुला लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि सुदूरपश्चिम प्रदेशमा त्रास छाएको छ । गत असोज १६ गतेपछि सुदूरपश्चिम प्रदेशमा लगातार पराकम्प आइरहेका छन् ।
Read More
फेरी बझाङमा भूकम्पकाे धक्का

फेरी बझाङमा भूकम्पकाे धक्का

२० असाेज, काठमाडौं । बझाङमा शनिबार फेरी भूकम्प गएको छ । शनिबार बिहान ११ बजेर ४५ मिनेट जाँदा बझाङको भोटखोला केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रले जनाएकाे हो । यहि असाेज १६ गते दिउँसो २ बजेर ४० मिनेट जाँदा ५ दशमबल ३ र ३ बजेर ६ मिनेट जाँदा ६ दशमलब।३ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । केही घाइते भएका थिए । भूकम्पका कारण जिल्लाका केही व्यक्तिगत र सार्वजजिक घरहरुमा समेत क्षति पुगेको छ ।
Read More
बझाङमा भूकम्पका कारण भएको क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

बझाङमा भूकम्पका कारण भएको क्षतिको व्यवस्थापन गर्न प्रधानमन्त्री दाहालको निर्देशन

१८ असाेज,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान भूकम्पका कारण बझाङ र आसपासका जिल्लामा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो । उहाँले थप राहत र पुनःस्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भूमिका निभाउन उहाँले निर्देशन दिनुभयो । उहाँले सम्भावित विपदजन्य घटनाको लागि पूर्वतयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.