Share Icon

२ कार्तिक, काठमाडौं । बझाङमा बुधबार राति फेरी भूकम्प गएको छ ।

बुधबार राति १० बजेर ३ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हाे। भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी र दार्चुला लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।

लगातार भूकम्प जान थालेपछि सुदूरपश्चिम प्रदेशमा त्रास छाएको छ । गत असोज १६ गतेपछि सुदूरपश्चिम प्रदेशमा लगातार पराकम्प आइरहेका छन् ।

Facebook Comments Box

Share Icon