धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गयाे

५ कार्तिक,काठमाडौं। धादिङको खरी आसपास केन्द्रबिन्दु भएर आइतबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।
आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे हाे । भूकम्पबाट क्षति भए नभएको हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।
भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट र कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो । आइतबार बिहान ठूलो धक्कासहित भूकम्प गएपछि राजधानीका सर्वसाधारण घरबाहिर समेत निस्केका थिए ।
Facebook Comments Box