Share Icon

१८ असाेज, काठमाडाैं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

बिहीबार बिहान कोशी र मधेश प्रदेशमाआंशिकदेखि सामान्य बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। त्यस्तै, कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। त्यस्तै, बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon