Share Icon

काठमाडौं । अमेरिकाले २०२५ को डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुला गरेको छ । गए रातिदेखि डीभीका लागि आवेदन खुलेको हो ।

१९ असोज बुधवारको राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यसको समयसीमा कात्तिक २१ गते (नोभेम्बर ७) सम्म तोकिएको छ । डीभीको आवेदन निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ ।

फाराम भर्न आधिकारिक वेबसाइट http://www.https://dvprogram.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ । डीभी २०२५ को नतिजा सन् सन् २०२४ को मे ४ मा आउनेछ ।

 

Facebook Comments Box

Share Icon