वर्षा

देशका केही भागमा दिउँसाे र राति मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

देशका केही भागमा दिउँसाे र राति मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

२ कार्तिक, काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । साथै बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । बिहीबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै,  बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। बिहीबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा…
Read More
देशका केही भागमा आज वर्षाकाे सम्भावना

देशका केही भागमा आज वर्षाकाे सम्भावना

३० असाेज, काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। मंगलबार बिहान देशभर आंशिकदेखि  सामान्य बदली रहेकाे छ। साथै  बागमती प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू-भाग र तराईका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार राति  भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै,  बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। साथै देशका पहाडी भू-भागका…
Read More
आज राति ४ प्रदेशमा वर्षा हुने

आज राति ४ प्रदेशमा वर्षा हुने

२० असाेज,काठमाडौं । नेपालको पूर्वी तथा मध्य भू-भागमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिबार बिहान यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। त्यस्तै, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। शनिबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ ।  त्यस्तै, बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। साथै कोशी,…
Read More
दिउँसाे र राति देशका ४ प्रदेशमा वर्षा हुने

दिउँसाे र राति देशका ४ प्रदेशमा वर्षा हुने

१८ असाेज, काठमाडाैं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार बिहान कोशी र मधेश प्रदेशमाआंशिकदेखि सामान्य बदली रहेकाे छ। साथै बाँकी भू-भागमा भने आंशिक बदलीदेखि सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। त्यस्तै, कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। त्यस्तै, बाँकी प्रदेशमा आंशिक…
Read More
देशका अधिकांश भागमा वर्षाकाे सम्भावना

देशका अधिकांश भागमा वर्षाकाे सम्भावना

१४ असाेज, काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाे छ। साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी,लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.