देशका अधिकांश भागमा वर्षाकाे सम्भावना

Share Icon

१४ असाेज, काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाे छ। साथै नेपालमा हाल पश्चिम बंगाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी,लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.