पेट्रोलियम पदार्थको मूल्य बढ्याे
१४ असाेज,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमको शनिबार बसेको संचालक समितिको बैठकले शनिबार रातिदेखि लागू हुने गरी ग्याँसमा प्रतिसिलिन्डर २ सय १५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको हो । त्यसै गरी हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
मूल्य वृद्धि भएसँगै एक सिलिन्डर ग्याँसको २ हजार १ सय १० र काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ८५ र डिजेल-मट्टितेल प्रतिलिटर १ सय ७५ रुपैयाँँ पुगेको छ ।
बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
Facebook Comments Box







