Share Icon

१४ असाेज,काडमाडौं । प्रतिनिधि सभाकाे बैठक आइतबार बस्ने भएकाे छ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बस्ने भएकाे हाे । आइतबारको बैठक प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ५६ औँ बैठक हो ।बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची तय गरिएको छ ।

साथै सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पनि पढेर सुनाउनु हुने भएकाे छ ।

त्यस्तै, ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यसअघि गत भदौ २९ गते प्रतिनिधि सभाकाे बैठक बसेको थियो ।

Facebook Comments Box

Share Icon