देशका केही भागमा दिउँसाे र राति मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

Share Icon

२ कार्तिक, काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बिहीबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । साथै बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

बिहीबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै,  बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

बिहीबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.