देशका केही भागमा आज वर्षाकाे सम्भावना

Share Icon

३० असाेज, काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

मंगलबार बिहान देशभर आंशिकदेखि  सामान्य बदली रहेकाे छ। साथै  बागमती प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू-भाग र तराईका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार राति  भने सुदूरपश्चिमकर्णालीलुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै,  बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। साथै देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.