Share Icon

३० असाेज, काठमाडौं । सरकारले आजदेखि गैर-आवासीय नेपालीहरुलाई नागरिकता वितरणकाे काम सुरू गर्ने भएको छ ।

मंगलबार एनआरएनको सम्मेलन उद्घाट्नको दिन पारेर सरकारले गैर-आवासीय नेपाली नागरिकता वितरण सुरू गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिएर गैर-आवासीय नागरिकता वितरणको सुरुवात गर्नुहुने छ ।

गत जेठमा संशोधन गरिएको नागरिकता सम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नागरिकता वितरणको बाटो खुलेको हो । नागरिकता लिएपछि एनआरएनहरुले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ ।

संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिए बमोजिम शपथ गराउनु पर्ने उल्लेख गरिएकाे छ ।

Facebook Comments Box

Share Icon