Share Icon

जनकपुरधाम । मधेश प्रदेशका कृषि मन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले मधेश प्रदेशको सबै वडाका किसानहरुलाई कृषि तालिम दिने योजना ल्याएका छन् ।

आगामी आर्थिक बर्ष २०८०/८१ को लागि मधेश प्रदेशको १२ सय ७० वडाका किसानहरुलाई अन्न, साग, सब्जी, दुधजन्य उत्पादन सम्बन्धी तालिम दिने भएको छ । यसका लागि किसानहरुले चाहेको तालिमको बारेमा सल्लाह दिन कृषि मन्त्री कुशवाहाले आग्रह गरेका छन् ।

मधेश प्रदेशको ८ वटै जिल्लाका सबै वडाबाट कम्तीमा ४ ४ जना किसानलाई सहभागी गराउँदै उनीहरुलाई उत्तम उब्जनीको लागि अग्रसर गर्ने लक्ष्य रहेको छ ।

मधेश प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतका कृषि ब्यवसाय तालिम केन्द्रबाट अगामी आर्थिक वर्षका लागी निम्न तालिमहरु प्रस्ताव गरिएको छ। यसमा केही थपघट गर्नु पर्ने भए राय, सुझाव, सल्लाह दिन किसानहरुलाई आग्रह गरिएको छ ।

१. जैबिक/ प्रारंगिक मल उत्पादन तालिम
२. कृषि बिषादी बिक्रेता तालिम
३. विउविजन बिक्रेता तालिम
४. चक्लाबन्दी खेती कार्यक्रम संचालन तालिम
५. आर्थिक अवस्था अभिबृद्धि तालिम
६. बिषादी प्रयोग सचेतना तालिम
७.विउविजन सम्बन्धी क्षमता अभिवृद्धि तालिम
८. कृषि यन्त्र संचालन एवं मर्मत संभार तालिम
९. कृषि, पशुपंक्षी तथा मत्स्य क्षतिमूल्यांकन कर्ता तालिम
१०. खाद्य स्वच्छता तथा खाद्य प्रशोधन तालिम
११. बिदेशबाट फर्किएका तथा विपन्न वर्गका युवाहरूलाई व्यवसायिक तरकारी खेती प्रवर्द्धन तालिम
१२. तरकारी तथा फलफुल पोष्ट हार्भेष्ट तथा प्रशोधन प्रबिधि तालिम
१३. माटो जाँच तथा मलखाद प्रयोग सम्बन्धी तालिम
१४. कृषि बिमा तालिम
१५. सिचाई ब्यवस्थापन तालिम

Facebook Comments Box

Share Icon