रेशम चौधरीको मुद्दामा आज पनि सुनुवाइ, पाउलान् त सफाइ ?

Share Icon

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीको मुद्दामा आज पनि अन्तिम सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इसलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

सोमबार चौधरीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो । न्यायाधीशद्वय भट्टराई र सुवेदीको इजलासमा सुरु भएको सुनुवाइ नसकिए पछि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त मुद्दामा आज पनि सुनुवाइ हुनेछ ।

आज सुनुवाइ सकिएमा आजै फैसला आउने सम्भावना छ । चौधरी हाल डिल्लीबजार कारागारमा रहेका छन् । उनको संरक्षकत्वमा गठन भएको नागरिक उन्मुक्ति पार्टी हाल सरकारमा छ। चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।

कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दामा रेशम चौधरीसहित ११ जनालाई कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.