Share Icon

 

३० असाेज, काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा मंगलबार नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएकाे छ।

साेही खेल हिमाञ्चल प्रदेशको धर्मशालामा मंगलबार दिउँसो सवाँ २ बजे सुरु हुने भएकाे हाे । जारी विश्वकपमा नेदरल्याण्ड्स पहिलो जितको खोजीमा छ भने दक्षिण अफ्रिका दोस्रो जितको खोजीमा छ ।

यसअघि साेमबार भएको खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पहिलो जित हात पारेको थियो । जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको थियो ।

लिग चरणको चाथो खेलमा अष्ट्रेलियाले शुक्रबार पाकिस्तानसँग खेल्ने भएकाे छ । लगातार तिन खेल हारेको श्रीलंकाको भने शनिबार नेदरल्यान्ड्सको सामना गर्ने भएकाे छ ।

Facebook Comments Box

Share Icon