Share Icon

एजेन्सी । बेल्जियममा एक ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ ।

राजधानी ब्रसेल्समा भएको घटनामा मृत्यु भएका दुवै जना स्वीडेनका नागरिक रहेका हुन् । बन्दुक प्रहार लगत्तै फरार भएका ब्यक्तिको खोजी कार्य जारी रहेकाे जनाइएकाे छ ।

ब्रसेल्सको ब्यस्त शहरमा ति ब्यक्तिले भीडकाे माझमा नै गोली प्रहार गरेको बुझिएको छ । यो घटना लगत्तै बेल्जियममा सन् २०२४ मा युइएफए कप अन्तर्गत बेल्जियम र स्वीडेनबीचको क्यालिफायर फुटबल खेल रद्द गरिएको छ ।

साेही घटनाकाे बारेमा अनुसन्धान थालिएको पनि अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

Facebook Comments Box

Share Icon