Share Icon

९ कार्तिक, काठमाडौं। आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको पाँचौं चरणको अन्तिम खेल बिहीबार हुने भएकाे छ।

साेही खेलमा एकदिवसीय विश्वकपको पूर्वविजेता श्रीलंकार इंगल्याण्डबीच भिडन्त हुने भएकाे हाे ।  खेल बेंगलौरको एम. चिन्नस्वामी स्टेडियममा नेपाली समयअनुसार बिहीबार दिउँसो २ः१५ बजे सुरु हुने भएकाे छ ।

सन् १९९६ को विजेता श्रीलंका र साविक विजेता इंगल्याण्ड बिहीबार जारी विश्वकपमा आफ्नो अस्तित्व रक्षाका लागि भिड्ने भएका छन् । किन भने जारी विश्वकपमा हालसम्म चार खेल खेलिसकेका यी दुवै टोलीले एक-एक जित मात्र हात पार्न सकेका छन् ।

यी दुवै टोली तीन—तीन खेलमा पराजित भइसकेका छन् । श्रीलंका दुई अङ्कसहित तालिकाको सातौं र समान अङ्क बटुलेको इंगल्याण्ड नेट रन रेटमा पछि पर्दै आठौं स्थानमा रहेका  छन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने झिनो सम्भावना जीवित राख्न यी दुवै टोली बिहीबारको खेल जित्नै पर्ने दवावमा छन्

 

Facebook Comments Box

Share Icon