Share Icon

१ असोज, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

उहाँहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीच छलफल भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री दाहाल शनिबार अमेरिका जानु भएकाे थियाे । उहाँले यहि असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताकाे बारेमा प्रधानमन्त्री दाहालले मन्तव्य दिने कार्यसूची  रहेकाे छ ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात  प्रधानमन्त्री दाहाल असोज ५ गते न्यूयोर्कबाट नै चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम तय भएकाे  छ ।

 

Facebook Comments Box

Share Icon