Share Icon

१ असाेज,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाउनुभएको छ ।

आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका-क्वीन्टल सुन तस्करी गरेको उहाँले  दावी गर्नुभएकाे थियो । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले सरकारले ‘चिलतिर औंलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्वीन्टलका -क्वीन्टल सुन तस्करी गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा माअ‍ोवादी केन्द्रका नेता कृष्णबहादुर महरा बाबु-छोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २सय ९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रुपमै गैरजिम्मेवार रहेको भन्दै उहाँले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्यूत नहुन पनि सचेत गराउनुभयो ।

उहाँले आफ्नो पार्टीले आम उपभोक्ताको हितका लागि सरकारको पनि ध्यानाकर्षण गराउने भयो ।अध्यक्ष ओलीले आम उपभोक्ताको हित संरक्षणका लागि गरिबी निवारणमा जोड दिनुपर्ने आवश्यक्ता भएकाे बताउनुभयाे ।

Facebook Comments Box

Share Icon