कांग्रेस उम्मेदवार जीतनारायणले रविलाई दिए बधाई

Share Icon

१२ वैशाख, चितवन ।  चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई बधाई दिएका छन् ।

३७ हजारबढी मतान्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ ।  मतगणनास्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापतिसमेत रहेका रविलाई बधाई दिए । रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए ।

उनले भने, ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’ जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्ने बताए ।

रास्वपा सभापति रविले पनि सबैसँग सहकार्य गर्ने भन्दै रचनात्मक सहयोगको अपेक्षा रहने बताएका छन् । जनताले परिवर्तन चाहियो भनेर घन्टी बनाएको भन्दै उनले भने, ‘यो अपेक्षामा हामी खरो रुपमा उभिने छौं । सबै मिलेर काम गर्नेछौं ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.