नेपाली कांग्रेस

कांग्रेसले संसदीय दलको बैठक बोलायो

कांग्रेसले संसदीय दलको बैठक बोलायो

५ असोज, काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। यही असोज ८ र ९ गते बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। संसदीय दलको बैठक बोलाइएको बारेमा शुक्रबार बसेको केन्द्रीय समितिमा प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभएकाे हाे । बैठकमा प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयककाे बारे छलफल हुने उहाँले बताउनुभयाे । संसदसँग सम्बन्धित अन्य समसामयिक विषयलाई पनि बैठकको एजेन्डा बनाइएको छ। प्रमुख सचेतक लेखकले शिक्षकहरूको जायज माग पूरा हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताउनुभयाे। उनीहरूको जायज माग पूरा गर्ने सम्बन्धमा कांग्रेसले सक्दो भूमिका खेल्ने पनि उहाँकाे भनाइ थियाे । कांग्रेसकाे केन्द्रीय समिति बैठकमा शिक्षकहरूको आन्दोलनको विषय जोडतोडले…
Read More
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

५ असाेज, काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि बस्ने भएकाे छ । सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा शुक्रबार बिहान ११ बजेदेखि बैठक सुरु हुने भएकाे हाे । शुक्रबारकाे बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् । बिहीबारकाे बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र प्रदेश सभापतिहरूले धारणा राखेका थिए । साथै बिहीबार महामन्त्री गगनकुमार थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए भने उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादकाे बारेमा जानकारी गराएका थिए ।  
Read More
कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

४ असाेज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएकाे छ। बैठक बिहीबार दिउँसो १ बजे कांग्रेस मुख्यालयमा बस्ने  भएकाे हाे । समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संरचना र भ्रातृ संगठनहरुको व्यवस्थापन लगायत विषयमा छलफल हुने कांग्रेसले जनाएकाे छ । आगामी मंसिर १३, १४ र १५ गतेका लागि तय गरिएको महासमिति बैठकका एजेण्डाकाे बारेमा पनि बैठकमा छलफल हुने भएकाे छ । साेही बैठकमा डा.शेखर कोइराला समूह भने फरक तरिकाले प्रस्तुत हुने तयारीमा रहेको छ ।
Read More
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितको बैठक बिहीबार बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितको बैठक बिहीबार बस्ने

२ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही भदाै ४ गते बिहीबार  बस्ने भएकाे छ। विधान अनुसार हरेक दुई महिनामा बस्नुपर्ने बैठक नराखिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना भईरहेको बेला सभापति शेरबहादुर देउवाले असोज ४ गते लागि बैठक बाेलाउनुभएको हो । बैठकमा आफ्नो समूहको रणनीति तय गर्न नेता डा.शेखर कोइरालाले आज (मंगलबार) आफ्नो समूहको बैठक बोलाउनु भएको छ । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा १४औँ महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भइ जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । साेही बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण…
Read More
कांग्रेस उम्मेदवार जीतनारायणले रविलाई दिए बधाई

कांग्रेस उम्मेदवार जीतनारायणले रविलाई दिए बधाई

१२ वैशाख, चितवन ।  चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई बधाई दिएका छन् । ३७ हजारबढी मतान्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ ।  मतगणनास्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापतिसमेत रहेका रविलाई बधाई दिए । रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए । उनले भने, ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’ जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्ने बताए । रास्वपा सभापति रविले पनि सबैसँग सहकार्य गर्ने भन्दै रचनात्मक सहयोगको अपेक्षा रहने बताएका छन् ।…
Read More
संसदमा रचनात्मक रुपमा प्रस्तुत हुन्छौं : देउवा

संसदमा रचनात्मक रुपमा प्रस्तुत हुन्छौं : देउवा

२५ पुस, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताए । देउवाले भनेका छन्, ‘ प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन र सघीय लोकतान्त्रिक व्यवस्थाको सवलिकरणका लागि विशेष योगदान गर्न सकोस् । हामी सबै त्यसमा संलग्न हुन सकौं ।’ उनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
Read More
प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

९पाैष,काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएकोे सांसद चन्दा चौधरीले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.