कांग्रेसले संसदीय दलको बैठक बोलायो

Share Icon

५ असोज, काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

यही असोज ८ र ९ गते बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। संसदीय दलको बैठक बोलाइएको बारेमा शुक्रबार बसेको केन्द्रीय समितिमा प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभएकाे हाे ।

बैठकमा प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयककाे बारे छलफल हुने उहाँले बताउनुभयाे । संसदसँग सम्बन्धित अन्य समसामयिक विषयलाई पनि बैठकको एजेन्डा बनाइएको छ।

प्रमुख सचेतक लेखकले शिक्षकहरूको जायज माग पूरा हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको बताउनुभयाे। उनीहरूको जायज माग पूरा गर्ने सम्बन्धमा कांग्रेसले सक्दो भूमिका खेल्ने पनि उहाँकाे भनाइ थियाे ।

कांग्रेसकाे केन्द्रीय समिति बैठकमा शिक्षकहरूको आन्दोलनको विषय जोडतोडले उठेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.