शिक्षा विधेयक विरुद्ध सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका १६ पक्राउ

Share Icon

५ असोज, काठमाडौं। महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ गरेका छन् ।

शुक्रबार सिंहदबार अगाडि विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जनालाई पक्राउ गरेका छन् ।

शिक्षकहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै उनी विरोधमा उत्रिएका थिए । उनीहरुलाई प्रहरीले सिंहदरबार वृत्तमा लगेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.