काभ्रेमा विद्यालय सञ्चालन गर्न निर्देशन

Share Icon

५ असोज, काभ्रे। काभ्रेका स्थानीय तहका प्रमुखहरूले तत्काल विद्यालयमा शिक्षण कार्यलाई निरन्तरता दिन निर्देशन दिएका छन् ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखको शुक्रबार धुलिखेलमा सम्पन्न संयुक्त बैठकले उक्त निर्देशन दिएको हो । अनिश्चितकालीन विद्यालय बन्द गर्दा विद्यार्थीको शैक्षिक अधिकार हनन् भएको ठहर गर्दै काभ्रेका स्थानीय जनप्रतिनिधिले निणर्यसहित उक्त निर्देशन दिएका हुन् ।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै बन्द गरिएका विद्यालय तत्काल सञ्चालन गर्न निर्देशन दिइएको छ ।

“विद्यालय बन्द गर्दा बालबालिकाको शैक्षिक अधिकार हनन् हुनुका साथै शिक्षामा ठूलो असर परेकाले सबै सरोकारवाला संवेदनशील भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष निकाली विद्यालय सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेका हौँ”, लामाले भन्नुभयो ।

विज्ञप्तिमा काभ्रेका १३ मध्ये दश स्थानीय तहका प्रमुखले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा ‘यदि तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संविधानमा रहेका संवैधानिक व्यवस्थाअनुसार पठनपाठन सञ्चालन गर्न बाध्य हुने’ चेतावनी समेत दिइएको छ ।

उक्त बैठकले नेपाल सरकारले संसद्मा छलफलको लागि दर्ता शिक्षा विधेयक २०८० तत्काल फिर्ता गरी संशोधनसहित समाधानको बाटो छिटो भन्दा छिटो खोज्न समेत आग्रह गरेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.