Share Icon

२ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही भदाै ४ गते बिहीबार  बस्ने भएकाे छ।

विधान अनुसार हरेक दुई महिनामा बस्नुपर्ने बैठक नराखिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना भईरहेको बेला सभापति शेरबहादुर देउवाले असोज ४ गते लागि बैठक बाेलाउनुभएको हो । बैठकमा आफ्नो समूहको रणनीति तय गर्न नेता डा.शेखर कोइरालाले आज (मंगलबार) आफ्नो समूहको बैठक बोलाउनु भएको छ ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा १४औँ महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भइ जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । साेही बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको छ ।

Facebook Comments Box

Share Icon