४ असाेज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएकाे छ।
बैठक बिहीबार दिउँसो १ बजे कांग्रेस मुख्यालयमा बस्ने भएकाे हाे । समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संरचना र भ्रातृ संगठनहरुको व्यवस्थापन लगायत विषयमा छलफल हुने कांग्रेसले जनाएकाे छ ।
आगामी मंसिर १३, १४ र १५ गतेका लागि तय गरिएको महासमिति बैठकका एजेण्डाकाे बारेमा पनि बैठकमा छलफल हुने भएकाे छ । साेही बैठकमा डा.शेखर कोइराला समूह भने फरक तरिकाले प्रस्तुत हुने तयारीमा रहेको छ ।
Facebook Comments Box
Related posts:

अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्रीबीच भेटवार्ता

जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराधः प्रदेश प्रमुख परियार

युग सुहाउँदो प्रशासनिक मोडलमा सहकार्य गर्न तयार छौँ : मन्त्री मोदी

सत्ता गठबन्धन फेरिएपछि चिनियाँ सक्रियता बढ्यो

