कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
५ असाेज, काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि बस्ने भएकाे छ ।
सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा शुक्रबार बिहान ११ बजेदेखि बैठक सुरु हुने भएकाे हाे । शुक्रबारकाे बैठकमा पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन् । बिहीबारकाे बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र प्रदेश सभापतिहरूले धारणा राखेका थिए ।
साथै बिहीबार महामन्त्री गगनकुमार थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए भने उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादकाे बारेमा जानकारी गराएका थिए ।
Facebook Comments Box







