९पाैष,काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएकोे सांसद चन्दा चौधरीले जानकारी दिनुभयो । जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताउनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ ।
Facebook Comments Box
Related posts:

मधुवनमा बाघको आक्रमणबाट ३ घाइते

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ : अध्यक्ष उपाध्याय

युएई जाने नेपाली क्रिकेट टिममा सन्दीप परेनन्

राजापुर नगरपालिकाले बेपत्ता परिवारलाई दिनथल्यो मासिक दुई हजार भत्ता

