Share Icon

१ असाेज, काठमाडौं ।  एशिया कप क्रिकेटको उपाधि भारतले जितेको छ ।

एशिया कप क्रिकेटको आइतबार भएकाे फाइनल खेलमा भारतको याे ८औं एशिया कपकाे उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । आइतबार कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेटायाे । भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाएका थिए । उनीहरु दुवै नट आउट रहे ।

यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५।२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशान हेमन्था १३ रनमा अविजित रहे ।

यसअघि सुपर फोर चरणमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो ।

Facebook Comments Box

Share Icon