एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुन सक्ने बताउनुभएको छ ।
आवश्यक परेमा युरोपेली ब्लकमा सामेल हुने प्रयास अन्त्य गर्ने उहाँले बताउनुभएको हो । युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरु इयुबाट अलग हुने उहाँले बताउनु भयो ।
संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । टर्कीले युरोपेली संसदले अपनाएको हालै सार्वजनिक प्रतिवेदन आफैँ मूल्यांकन गर्ने उहाँले बताउनु भयो ।
इयुले कानूनको मस्यौदा मात्रैले नपुग्ने भन्दै मस्यौदाको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँकाे तर्क छ ।
Facebook Comments Box
Related posts:

‘चीनका लागि जासुसी’ गरेको आरोपमा अमेरिकी जलसेनाका दुई जना पक्राउ

युद्धग्रस्त गाजापट्टी क्षेत्रमा इन्धन लैजान अनुमति दिन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

इजरायल र प्यालेस्टाइनबीचको तनाव कम गर्न जोर्डन वार्ता

चीनमा आँधीका कारण पाँच जनाको मृत्यु

