प्रधानमन्त्री दाहालको चीन भ्रमण औपचारिकतामा सीमित

Share Icon

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको उधारा प्रतिबद्धता गरे पनि चीन भ्रमण औपचारिकतामा मात्रै सीमित भएको छ ।

एजेन्डाविहीन बनेर चीन भ्रमणमा गएका प्रधानमन्त्री दाहालले पुराना सम्झौताको विषयमा कुनै छलफल हुन सकेन । आठदिने भ्रमणका क्रममा महत्वपूर्ण राजनीतिक भेटवार्ता र बैठक पूरा भइसकेको छ । अब आउँदो १३ असोजसम्म भ्रमण र निरीक्षण गरेर दिन बित्ने छ । तीन दिनबीच प्रधानमन्त्री दाहालले अमेरिकाबाट चीन पुगेकै दिन चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरे ।

सोही दिन १९औं एसियन गेममा सहभागिता जनाए । दोस्रो दिन प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गरेका थिए । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छियाङबिच सोमबार चीनको ग्रेटहल अफ दी पिपुलमा औपचारिक वार्तापछि १२ बुँदे सम्झौता र एक समझदारीपत्रमा हस्ताक्षर भयो ।

चीन भ्रमणअघि प्रधानमन्त्री दाहालले औपचारिकरूपमा जुन घोषणा र प्रतिबद्धता ठाउँअनुसार बोलेका थिए, चीनमा पुगेपछि ती प्रतिबद्धता र एजेन्डा बिर्सेर १२ वटा नयाँ सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरेर नेपाल फर्किँदै छन् । उनले चीन भ्रमणअघि चीनसँगको सीमा नाका कोभिड–१९ पूर्वको अवस्थामा सूचारु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, चीनमा पुगेपछि दाहालले सो कुरा बिर्सेका छन् ।

याे समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.