‘आयोग गठनमा एमालेको अर्घेल्याइँ’

Share Icon

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएको अवस्थामा बरामद भएको ६० किलो ७ सय १६ किलो सुन तस्करीको अनुसन्धानका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्घेल्याइँ झिकेको छ ।

सुन तस्करी छानबिनका लागि बनाउने आयोगको कार्यादेशको सन्दर्भमा एमालेले शून्य तहबाटै अनुसन्धान हुनुपर्ने भन्दै अर्घेल्याइँ गरेको सत्तापक्षले आरोप लगाएको छ । गत शुक्रबारदेखि आयोग गठन बारे दलहरूबीच भएको छलफल बिनानिष्कर्ष टुंगिँदै आएको छ । छलफलमा सत्तारुढ दलका नेताहरूले आयोगलाई तीनवटा कार्यदेश दिने प्रस्ताव गरेका थिए ।

कानुन परिमार्जन गर्ने भए सुझाव पेस गर्ने, संरचना परिवर्तनका लागि सुझाव पेस गर्ने तथा सीआईबीको प्रतिवेदन अध्ययन गर्ने कार्यादेश आयोगलाई दिनुपर्ने विषय समावेश गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सुन तस्करी नियन्त्रण गर्न मौजुदा कानुन र संरचनामा के–कस्तो परिर्माजन गर्नुपर्छ गर्ने, सिफारिस गर्ने, भेप, ब्रेक सुलगायतमा लुकाएर तस्करी भएको सुनबारे सीआईबीले गरेको अनुसन्धानको अध्ययन गर्ने र त्यसमा थप अनुसन्धान गर्नुपर्ने भए सरकारलाई सिफारिस गर्ने कार्यादेश दिने सत्तारुढ दलहरूको प्रस्ताव रहेको छ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.