Share Icon

१३ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका र चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किनु भएको छ ।

संयुक्त राष्ट्रसंघकाे ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । उतैबाट यहि असोज ६ गते चीन पुग्नु भएका प्रधानमन्त्री दाहाल शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्किनु भएको हो ।

छेन्दुबाट प्रस्थान गर्दा सिचुवान प्रान्तका भाइस गभर्नर, नेपालका लागि चिनियाँ राजदूत लगायतले प्रधानमन्त्री दाहाललाई बिदाइ गरेका थिए । त्रिभुवन विमानस्थलमा सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूले प्रधानमन्त्री दाहाललाई स्वागत गरेका छन् ।

Facebook Comments Box

Share Icon