प्रधानमन्त्री दाहालको चीन भ्रमण पूर्ण रूपमा सफल भएको परराष्ट्रमन्त्री साउदको दावी

Share Icon

१३ असाेज, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण पूर्ण रूपमा सफल भएको दावी गर्नुभएको छ ।

मन्त्री साउदले आर्थिक र कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताउनुभएकाे हाे । चीनका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्वपूर्ण भएको उहाँको भनाई थियो । उहाँले दुई देशकाबीच भएका समझदारी र सम्झौताहरू पनि नेपालको हित, आर्थिक विकासका पक्षमा रहेको बताउनुभयो ।

उहाँले चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट अघि बढाउने सहमति भएको पनि बताउनुभयो । दुई देशबीच भएका १३ वटा सम्झौता र सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपालको कृषि उपजका साथै याक, गाई र चौंरी गाई आदिको प्रजननको व्यवस्था नेपालमा भित्र्याउने विषयमा पनि चीनसँग महत्वपूर्ण सहमति भएको उहाँको भनाइ छ । चीन र नेपालकाबीचमा परम्परागत रूपमा नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै मन्त्री साउदले अहिलेको प्राथमिकता भनेको आर्थिक पक्ष रहेकाले सरकाले त्यसैमा जोड दिएको बताउनुभयो ।

नेपालको आर्थिक विकासमा समझदारीको वृद्धि गरी आवश्यक कूटनीतिक पहल अघि बढाउनका लागि पनि भ्रमण फलदायी रहेको उहाँको तर्क छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.