प्रधानमन्त्री दाहालद्वारा अमेरिका र चीन भ्रमणका ४० बुँदे उपलब्धी सार्वजनिक
१३ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ समकक्षी लि छियाङसँग भएका सम्झौता सार्वजनिक गर्नुभएकाे छ ।
उहाँले आफ्नो अमेरिका तथा चीन भ्रमणका ४० बुँदे उपलब्धी शनिबार सार्वजनिक गर्नुभएकाे हाे । प्रधानमन्त्री दाहालले त्रिभुवन विमानस्थलमा असोज ८ गते चिनियाँ समकक्षी लिसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता भएको र सो क्रममा सहकार्यका विविध विषयहरूमा सविस्तार छलफल भएको जानकारी गराउनुभयाे।
भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीन तर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भू-भागमा केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युतको पहुँच पुर्याउन नसकिने स्थानहरूमा सौर्य प्रणाली जडान गर्ने पनि उहाँले बताउनुभयाे ।
विभिन्न स्थानमा सडक निर्माण तथा सडक स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिड- १९ पछि अवरुद्ध भएका साथै परम्परागत सीमा नाकाहरूको पुनः सञ्चालन, सीमा नाकामा नेपालतर्फ पूर्वाधार निर्माण र अत्याधुनिक प्रयोगशाला निर्माण जस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको उहाँले बताउनुभयाे ।
संयुक्त राष्ट्र संघ र चीन भ्रमण सफल भएको प्रधानमन्त्री दाहालकाे दावी छ ।