Share Icon

५ असाेज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका जानु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग भेटवार्ता गर्नुभएको छ ।

महासभामा भाग लिन पुग्रनुभएका विभिन्न देशका प्रतिनिधिहरूको सम्मानमा वाइडेनले दिएको रात्रिभोजका क्रममा प्रधानमन्त्री दाहालले वाइडेनसँग भेट गर्नुभएको हो । भेटपछि प्रधानमन्त्री दाहालले न्यानो आतिथ्यताका लागि वाइडेन दम्पतीलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल अमेरिकाबाट  शनिबारदेखि चीन भ्रमणमा जाँदैहुनुहुन्छ । प्रधानमन्त्री दाहालले सेप्टेम्बर २३ देखि ३० सम्म चीनको भ्रमण गर्न लाग्नु भएको हो । गत भदौ ३० गते  उहाँ अमेरिका जानु भएको थियो ।

 

 

 

 

Facebook Comments Box

Share Icon