सचेतनाका लागि नागरिक सुनुवाइ

Share Icon

१३ चैत,मनाङ । हिमाली जिल्ला मनाङमा सचेतनाका लागि नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा नासो गाउँपालिका–१ तालस्थित समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीच समन्वय गराउन मद्धत मिल्ने बताउनुभयो । “आमनागरिक र प्रहरीबीचको सम्बन्ध नङ र मासु जस्तै भएकाले यसको महत्व बुझाउन कार्यक्रम गरिएको उहाँले उल्लेख गर्नुभयोे ।

प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले समुदाय र प्रहरीबीचको सम्बन्ध एकआपसमा जोडिएकाले आमनागरिकलाई सचेत गराउनाका साथै समन्वय गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । यसबाट सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको उहाँको भनाइ थियो ।

ताल आमासमूहका अध्यक्ष कान्छी गुरुङले यो जिल्ला पर्यटन क्षेत्रमा अगाडि रहे पनि कच्ची सडकले गर्दा पर्यटन विकासमा पछि परेको चर्चा गर्दै गत वर्षको बाढीका भएको क्षतिको रकम हालसम्म प्राप्त नभएकाले पहल गर्न आग्रह गर्नुभयो ।

ज्येष्ठ नागरिक आशबहादुर गुरुङले बाटो तथा पुल बनाउनुपर्ने र गाडीमा यात्रा गर्दा ज्येष्ठ नागरिकलाई सिटको व्यवस्था भए÷नभएको नियमितरुपमा निगरानी राख्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सिंहबहादुर गुरुङले प्रहरीबाट सहयोग प्राप्त भइरहेकै अवस्थामा पनि यात्राका क्रममा गाडी भाडा बढी लिने गरेकाले सम्बन्धित निकायबाट पहल हुनुपर्नेमा जोड दिनुुभयो ।

स्थानीयवासी ललिता गुरुङले घरेलु हिंसा, झैझगडाले महिलाको सुरक्षा नहुने भएकाले यस्ता समस्यालाई नियमितरुपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । स्थानीयवासी राजन गुरूङले रातको समयमा प्रहरी गस्ती बढाउन अुनरोध गर्नुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.