Share Icon

३ फागुन, काठमाडाैँ । संखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् , वडा अध्यक्ष ईश्वर पुलामी मगर ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मगर बताउनुभयो ।

वडामा शिक्षा,खेलकुद, सडक, खानेपानि र स्वास्थ्य, कृषीमा केहि काम भयको र केहि काम तिब्र गतिमा भईरहेको बताउनुभयो । खानेतेलमा आत्मनिर्भर बनाउने वडा अध्यक्ष ईश्वर पुलामी मगरले बताउनु भयो ।

महिलाको लागि स्वास्थ्य उध्योम तालिम सन्चालनमा ल्याएको र महिलाको लागि दराजको वेवस्था सम्म गरेको अध्यक्ष मगरले भन्नुभयो ।

वडा अध्यक्ष मगरले वडा खबर सँग कुरा गर्दै भन्नुभयो,  ” म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु । ”

त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

उहाँले भन्नुभयो, “ हामीले नयाँ योजनाका विकास निर्माणका कामहरु उपभोक्ता समिती मार्फत काम सुरु भएको र बाँकी रहेको योजनाहरुलाई अनुभव गरेर टोल विकास र उपभोक्ता समिती मार्फत गर्ने तयारीमा छौँ । ”

पुलामी मगर  भन्नुभयो, “ हामीले वडामा विशेष प्राथमिक्ता शिक्षा र कृषी लाई दिदैँ वडा नम्बर १ मा यो वर्ष पनि वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा शिक्षा, स्वास्थ्य र कृषीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तिव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्षमा निर्वाचित  हुनुभन्दा पहिले ईश्वर पुलामी मगर  व्यवसाय तथा शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्याे ।

वडा अध्यक्ष मगर भन्नुहुन्छ, “आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई स्वच्छ्, सफा, सुन्दर बनाउनुका साथै जनताले चाहेका अपेक्षाहरु पुरा गर्ने र आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । ”

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon