नमुना वडा बनाउन अहोरात्र खटिरहेका छौं : अध्यक्ष राई

Share Icon

३ फागुन, काठमाडाैँ । सङखुवासभा जिल्लाको सभापोखरी गाउँपालिका वडा नम्बर २ ले विकासको फड्को मारिहेको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष राज कुमार राई अहोरात्र खटिरहनु भएको छ ।

त्यस्तै अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष राज कुमार राईले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ। योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

वडामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानि, र कृषीमा ३५ प्रतिशत काम भएको र बाकि काम तीव्र गतिमा भईरहेको अध्यक्ष राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नयाँ योजनाका विकास निर्माणका कामहरु उपभोक्ता समिती मार्फत काम सुरु भएको र बाँकी रहेको योजनाहरुलाई अनुभव गरेर टोल विकास र उपभोक्ता समिती मार्फत गर्ने तयारीमा छौँ । ”

 वडालाई सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गर्न याेजना अगाडी बढाएकाे वडा अध्यक्ष  राईले जानकारी दिनुभयाे  ।

२ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना बनाएर अगाडी विकास गर्दै लगिने वडा नम्बर २ का अध्यक्ष राईले बताउनुभयो।

वडामा शिक्षा, स्वास्थ्य र कृषीलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तिव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हामीले गत वर्षको वार्षिक बजेट अनुसार योजनाहरु बनाएर उपभोक्ता समिती गठन गर्ने प्रकृयामा छाैँ , अब चाँडै यो प्रकृया सकेर योजनाहरूको कामहरु तीव्र गतिमा अघि बढाउने छौँ । ”

वडा अध्यक्ष राई भन्नुहुन्छ, “ म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई स्वच्छ्, सफा, सुन्दर बनाउनुका साथै जनताले चाहेका अपेक्षाहरु पुरा गर्ने र आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु । ”

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ।

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.