Share Icon

२१ बैशाख ,काठमाडाैं ।  मालिका गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम नेपाल सरकारबाट २०७३ साल फाल्गुण २७ गते गठित स्थानिय तहहरु मध्येको एक हो । यो गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको बिच भेगमा अवस्थित छ ।

यस मालिका गाउँपालिकाका दरवाङ्ग, विम मा फैलिएको मालिकाको धुरीमा मालिका मन्दिर रहेको छ । जसको नामवाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।मालिका गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको पश्चिममा रहेको छ । मालिका गाउँपालिका ७  वटामा बिभाजन गरिएकाे छ ।

सुगमका सेवा सुविधा त्यागेर परिवारबाट अलग भएर निस्वार्थ रुपमा समाज सेवामा लाग्नुभएका टंक प्रसाद पुनको मालिका गाँउपालिका वडा नम्बर १ मा यो दोस्रो कार्यकाल हो ।

उहाँले जगाएको उत्साहकै कारण वडाका स्थानिय बासिले निरन्तर रुपमा उहाँलाई मन र मतले दोस्रो पटक पनि वडाको जिम्मेवारी सुम्पेको छन् ।
उहाँसंग भएको ज्ञान र विकास प्रतिको मोह अझै बढेको छ । २०७४ सालमा वडामा थुप्रै विकास निर्माण संग संगै वडाबासिको चेतनाको स्तर बढाउन अहोरात्र खटिरहनुभएको थियो ।

यो संगै जनताको मन र मत दुबै २०७९ सालको निर्वाचनमा मालिका गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षमा दास्रो कार्याकाल पनि जित्न सफल टंक प्रसाद पुन वडा अध्यक्ष हुनुहन्छ।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष टंक प्रसाद पुनले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं । वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

वर्षको एक पटक सशक्त परिवर्तन होस भनेर युवाहरु लगायत स्थानिय सबैलाई समेटेर सचेतना मुलक कार्यक्रम गर्न गरेको वडा अध्यक्ष पुनले बताउनुभयो ।
४६८ वडा घरधुरी रहेको वडामा निरन्तर रुपमा वडाका स्थानियलाई आफ्नो अधिकार के हो भनेर महसुुस गरुन निरन्तर सचेतनाका साथ साथै आफ्नो ठाउँको परिवर्तका लागी निस्वार्थ रुपमा लाग्ने वातावरण बनाउन अहोरात्र लागी रहेको वडा अध्यक्ष पुनले बताउनुभयो।

वडा अध्यक्ष पुन केही गरौं भन्ने निस्वार्थ भावनाका साथ आफ्नो ठाउँको लागी निरन्तर रुपमा लागीरहनुभएको छ । पहिलो कार्यालयमा आफु अहोवरात्र खटिएका वडा अध्यक्ष पुन यो कार्याकालमा भने वडा सदस्य सबैमा कार्य बिभाजन गरेर केही सहज भएको कुरा उल्लख गर्नुभयो ।

कार्य बिभाजनले गर्दा वडा अध्यक्ष पुनले आफुले संघ, प्रदेश संग सवन्य गर्न तथा अन्य योजनाका साथै स्थानियसंग छलफल गर्न सहज भएको सहज भएको कुरा उल्लेख गर्नुभयो ।

१ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर १ का अध्यक्ष टंक प्रसाद पुनले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि निरन्तर सामाजिक अभियान्ताका रुपमा आबद्ध रहनुभएका पुनले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।
चालु आर्थिक वर्षमा बजेटबाट ९० प्रतिशत काम गरेको वडाअध्यक्ष पुनले जानकारी दिनुभयो ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष पुनले वताउनुभयो।

वडामा मैले देखेको समस्या भनेको यो ठाउँलाई यो बस्तीलाई माथि जति बढाउन खोज्दा पनि जबसम्म नागरीकको चेतनाको स्तर माथि उठदैन तब सम्म जनाले जति चाहे पनि सोचे जस्तो परिवर्तन गर्न गाह्रो छ । चतेनाको स्तरमा परिवर्तन नआएमा हामीले चाहेर पनि परिर्वन गर्न गाह्रो छ । हरेक गतिबिधि अगाडी बढायो बिचैमा रोकीने अवस्था आउँन्छ ।

निरन्तर रुपमा लागीपरेका छौ। मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको छ । साथै पहिले समाजिक सेवामा रहेर काम गरेको मेरो वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा स्पष्ट पार्नुभयो।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा १ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा पुनले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘ पहिलो प्रथमिकता पुर्वाधारलाई दिएर अन्य जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि आदिलाई केन्द्रित गरेर चौतर्फी विकासमा अघि वडाका गतिबिधि बढाइएको बताउनुभयो । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

अन्तमा के भनुहुन्छ ?

हामीले गरेका विकास निर्माणका गतिबिधि सकारात्मक रुपमा सहयोग गर्नुहालो म निस्र्वाथ रुपमा स्थानिय बासिहरुको सेवा गर्नका लागी नै तपाईहरुको माझमा छु । म वडा नम्बर १ प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

Facebook Comments Box

Share Icon