Share Icon

 २१ बैशाख ,काठमाडाैं ।  संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनाको सुरुङ भित्र काम गर्ने क्रममा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन।

मकालु गा.पा. ५, आम्राङ स्थित अरुण तेस्रो जलबिद्युत आयोजनाको अडिट २ मा सुरुङ भित्र माथिबाट ढुंगा खसी घाइते भएका संखुवासभा सिलिचोङ ५ का २७ बर्षिय प्रेम राईको मृत्यु भएको हो ।

मंगलबार घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा बुधबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उक्त घटनामा परि भारत आसाम गुवाहाटी बस्ने बर्ष २३ को सममती वलिता र भारतकै नालाबारी बस्ने वर्ष २३ को साइमुदिन अली खाँदवारी अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments Box

Share Icon